धरान : धरान-५ देउराली फोक्लेन टापुमा भएको खुकुरी हानाहानको घट्नामा पीडित र पिडक दुवै लागुऔषध दुर्व्यसनी भएको खुलेको छ ।

शुक्रवार राती ८ बजेको घट्नामा रोजे भनिने रोजन विश्वकर्माले मोहन विश्वकर्मालाई खुकुरी प्रहार घाइते बनाएका छन् ।

घाइते मोहनको खप्परमा चोट लागेको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हिजै राती इलाका प्रहरी कार्यालय धरानले खुकुरी प्रहार गर्ने रोजन विश्वकर्मालाई नियन्त्रण लिएको थियो ।

उक्त घटना लागुऔषध दुर्व्यसनीको कारण दुई साथी बिच खुकुरी हानाहानको भएको प्रहरीले पुष्टि गरेको हो । प्रहरीका अनुसार दुवै लागुऔषध प्रयोगकर्ता भएको कारण कुनै निहुँमा भनाभन हुँदा एकाएक खुकुरी प्रहार भएको खुल्न आएको छ ।

देउरालीका रोजन विश्वकर्मा र मोहन विश्वकर्मा सँगै हिँड्ने र सँगै लागूपदार्थ खाने साथी हुन । रोजेले मोहनलाई लागूपदार्थ खाएर लठ्ठ परेको आवेगमा खुकुरी प्रहार गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय धरान डिएसपी मान बहादुर राईले बताए ।

घाइते मोहनले आज शनिवार इलाका प्रहरी कार्यालय धरानमा ‘ज्यान ज्यान मार्ने उद्योग’मा रोजन विश्वकर्मा विरुद्ध मुद्दा दर्ता गराएका छन् ।

घटना मोहनकै घरमा भएको थियो । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।