धरान : हरियाली सामुदायिक बन स्थित स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्कमा धरान-१९ का नेयोङहाङ परिवारले ३ लाख रुपैयाँको लागतमा आगन्तुकहरूका लागि विश्राम स्थल छहारी निर्माण गरिदिएका छन् ।

स्वर्गीय बुवा दलबहादुर नयोङहाङ, आमा स्वर्गीय दिलकुमारी बनेम नयोङहाङको स्मृतिमा उनका छोराछोरीहरूले छहारी टहरा विश्राम स्थल निर्माण गरिदिएका हुन ।

पार्कमा मङ्गलवार आयोजित कार्यक्रममा जेठा छोरा ईकेन्द्र नयोङहाङले पूजा अर्चना सहित शिलालेखमा बत्ती बालेर छहारी हस्तान्तरण गरेका थिए । नयोङहाङ परिवारका छोरा बिकेन्द्र, छोरीहरू कविता, अन्जु दुर्गा, पुनम नयोहाङ सहितको उपस्थिति थियो ।

टहरा संरक्षणको जिम्मा पार्क संरक्षक समितिले लिएको छ । संरक्षक समितिका प्रतिनिधि झुना राईले छहारी निर्माणले पार्कमा आउने आगन्तुकहरूलाई विश्राम गर्न सहज हुने बताइन् ।

tara-nsubba-park-2