वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी लेखा सुपरिवेक्षण समितिका पदाधिकाहरुको लागि क्षमता विकास कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका लेखा संयोजक , पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिम मङ्गलवार र बुधवार दुईसम्म सञ्चालन भएको थियो ।

आर्थिक विकास शाखाका प्रमुख मातृका तिबारका अनुसार नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सहकारी लेखा सुपरिवेक्षण समितिका पदाधिकाहरुको लागि क्षमता विकास कार्यक्रम आयोजना गरिएको हो । सहकारीको लेखा र सहकारीलाई व्यवस्थितसङै लेखा समितिका पदाधिकारीहरूको क्षमता विकास गर्न उक्त तालिम दिएको हो ।

यस अगाडि पनि वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले होटेल व्यवस्थापन , सहकारीका अध्यक्ष , व्यवस्थापक तथा कर्मचारीहरूलाई विभिन्न विषयमा तथा क्षमता विकास सम्बन्धी तालिमको कार्यक्रम आयोजना गर्दै आएको छ ।