धरान : धरानमा नेवार जातीको सांस्कृतिक परिकारको पर्व योमरी पुन्ही ३ दिन सांस्कृतिक प्रदर्शन सहित मनाइने भएको छ।
उत्सव नेवा: पासा खलको धरान उपमहानगर समितिको आयोजनामा मङ्सिर २९ देखि पुस १ गते सम्म ३ दिन धरान-३ स्थित गल्ली टोलमा मनाइने बुधवार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
उत्सवमा २ सय जना सांस्कृतिक कलाकारहरूले धिमे नृत्य प्रदर्शन गर्नेछन् । आयोजक समितिका संयोजक अमृत श्रेष्ठ अचार्जुले भने "यःमरी खानाको परिकार मात्र नभएर नेवार जातिको महत्त्वपूर्ण सांस्कृतिक चाड पनि भएकोले यसको संरक्षण तथा प्रवर्द्धनको लागि उत्सव आयोजना गरिएको हो ।"
उनका अनुसार धरान ३ स्थित गल्ली टोलको प्रत्येक घर घरमा यमरी पकाएर यमरी उत्सव मनाइने छ । ‘
धरानमा संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्दै नेवार जातिले विगत ३ वर्ष देखी गल्ली टोलमा यःमरी उत्सव मनाउँदै आइरहेका छ।
यसपालि उत्सव २ सय जना सांस्कृतिक कलाकारहरूले बाँसुरी ,धिमे, मादल खिं, नत्यखी धा बाजाहरूको संयुक्त प्रस्तुति हुनेछन् ।
योमरी पुन्ही उपत्यकामा भव्यरुपमा मनाइने गरिन्छ । नेपाल भाषामा यः भनेको मनपर्ने र मरी भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । योमरीलाई पञ्चतत्वकोरुपमा पनि स्वीकार गर्छन् । उत्सवमा २५ देखि ३० वटा स्टल रहने संयोजक आर्चाजुले बताए । उनका अनुसार उत्सवमा योमरीसहित परम्परागत नेवारी परीकारहरू मुख्य आकर्षण हुनेछ भने बहुजातिय खानाको परिकारहरूको पनि स्टल राखिनेछ ।
उत्सवमा नेवारी सांस्कृतिक कार्यक्रम, लिच्छविकालीन चर्या नृत्यहरूको साथै स्थानीय र राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति हुनेछ । उनले भने ‘‘उत्सव स्थलमा गत वर्ष ५ फिटको यःमरी राखेका थियौँ, यसपालि पनि ५ फिटको यःमरी राख्ने तयारी छौँ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
         
        
















 
         
        

















































 
         
         
        