धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दोस्रो पटक सुरु गरेको खानेपानीको कोकाह प्रोजेक्ट भाग–२ मा पाईप तान्ने एक जना श्रमदाता भीरबाट लडेर गम्भीर घाइते भई बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानले जानकारी दिए अनुसार कोकाहामा पाइप तान्न श्रमदानमा गएका धरान–११ का कुलराज राई शनिवार  करिब १० मिटर माथी भीरबाट लडेर गम्भीर घाइते भई बिपी प्रतिष्ठानको आइसियुमा उपचार भैरहेको छ ।

वराहक्षेत्र वडा १ स्थित बान्द्रेचौरी भन्ने स्थानमा श्रमदान चलिरहेको बेला श्रमदाता राई भीरबाट खसेको बताइएको छ । बान्द्रेचौरी अत्यन्तै भिरालो जमिन रहेकोले भिरबाट लडेको हुन सक्ने स्थानीयले बताएका छन् ।

भीरबाट लडेर उनको टाउको र शरीरमा चोट लागेको इलाका प्रहरी धरानका डिएसपी प्रकाश जवेगुले बताए । उनका अनुसार घाइते भएका ६५ वर्षीय राईको पेटमा गम्भीर असर परेकोले आज आइतबार अप्रेसन भएको छ । अप्रेसनपछि राईलाई आइसियुमा भर्ना भएको डिएसपी जवेगुले बताए । उनले भने ‘घाइतेको अवस्था गम्भीर छ ।’

सामान्य कुरा समेत फेसबुक स्टाट्समा राख्ने नगर प्रमुख साम्पाङले श्रमदाता भीरबाट लडेर गम्भीर घाईत भई उपचारका लागि आइसियुमा राखिएको कुरा सामाजिक सञ्जालमा भने लेखेका छैनन् ।

यसभन्दा अगाडी पनि खानेपानी सस्थानको गाडी भिरबाट लडेर गाडी दुर्घटना हुँदा समेत प्रमुख साम्पाङले घटना ढाकछोप गर्न खोजेका थिए । प्रमुख निकट युट्युवरहरु पनि श्रमदानमा रहने भए पनि यो घटनाको भिडियो भने कसैले युट्युबमा सार्वजनिक गरेका छैनन् ।

shramdan