धरान : नेवार समुदायको संस्कार, धार्मिक कर्महरू कम खर्चिलो बनाउन धरानमा यसपालि पनि कन्याहरूको सामूहिक ईही बेल विवाह र बालकहरूका क्यता पूजा व्रतबन्ध गरिएको छ ।

सिद्धि नेवा: परिषद् र हारती अजिमा सेवा समितिले सोमवार गरेको सामूहिक ईही र क्यता पूजामा ५३ जना सहभागी थिए । ३४ जना कन्याको ईही पूजा र १९ जना बालकको क्यता पूजा भएको हो ।

हारती अजिमा सेवा समितिका अध्यक्ष मनोहर शाक्यले नेवारहरूको संस्कार संस्कृति जगेर्ना गर्न  नेवारहरूको वैदिक विधिहरूलाई विधिपूर्वक गरी धार्मिक कर्महरूलाई कम खर्चिलो बनाउन धरानमा सामूहिक कार्य गर्न थालिएको बताए ।

सामूहिक कार्यबाट संस्कार र संस्कृति संरक्षण संवर्द्धन हुने बताउँदै उनले भने ‘संस्कृत र संस्कार गर्दा ब्राह्मण पुरोहित प्रयोग गर्दा विधि नपुग्ने भएको साथै संस्कृतिमा भड्किलो अवस्था आएकोले समेत सामूहिक ईहि र क्यता पूजा गरिएको हो ।’

Newar-Samudaya-Samuhik-Belb