धरान : मुक्कुमलुङ आन्दोलन काठमाण्डौमा वार्ताको टेबल पुगेको बेला धरानमा भने पक्राउ गरेको ६ जनालाई रिहा गर्न माग गर्दै १५८ जना आन्दोलनकारी इलाका प्रहरी कार्यालय कम्पाउण्डमा प्रवेश गरेर स्वगिरफ्तारी दिएका छन् ।
यो समाचार तयार गर्दा साढे ८ हिजो सम्म आन्दोलनकारीहरू इलाका प्रहरी कार्यालय कम्पाउन्ड भित्र छन् । डिएसपी प्रकाश जवेगुले छलफल गर्नका लागि केही नेताहरूलाई बोलाएपछि उनीहरू भित्र पसेका छन् ।
उनीहरूले धरानमा यातायात बन्दको क्रममा प्रहरीद्वारा पक्राउ गरेका ६ जना आन्दोलनकारीको म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिएका हुन ।
सोमबार साँझ सम्म पक्राउ परेका जसपाका नेता सुमन चेम्जोङ सहित ६ जना युवाहरूलाई इलाका प्रहरी कार्यालय धरानले ७ दिन म्याद थप गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी राम प्रसाद तिमल्सीनाले बताए ।
जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बुले बिना कारण पक्राउ परेका ६ जना नेता कार्यकर्ताहरूलाई प्रहरीले म्याद थप गरेपछि पहिचानवादी नेताहरू तथा मुक्कुमलुङबादी आन्दोलनकारीहरू १५८ जनाले सामूहिक गिरफ्तारी दिएको बताए ।
जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बूले सराकारले वार्तामा बोलाए पनि आइतबार धरानबाट बिना कारण पक्राउ परेका नेता तथा कार्यकर्ता नछोडेपछि इलाका प्रहरी कार्यालय धरानमा गिरफ्तारी दिन आएको बताए ।
उनले भने ‘धरानमा तोडफोड वा कुनै अपराध नगरेको अवस्थामा प्रहरीले कसैलाई पक्राउ गर्नुको कुनै कारण नै छैन ।’ प्रहरीले सामूहिक गिरफ्तारी नलिए रातभर इलाका भित्रै सम्पूर्ण आन्दोलनकारी धर्नामा बस्ने नेता लिम्बुले बताए ।
नेता लिम्बुले भने ‘धरानमा भएको सामूहिक गिरफ्तारीले सरकारसँग बसेको आन्दोलनरत पक्ष वार्तालाई केही असर गर्ने छैन ।’ यता यातायात बन्द भने जारी छ । आन्दोलनको नेतृत्व किरात याक्थुम चुम्लुङका जिल्ला अध्यक्ष मोहन हुक्पा चोङ्वाङले लिएका छन् ।
सामूहिक गिरफ्तारी दिन इलाका प्रहरी भित्र रहेका आन्दोलनकारीको नामावली निम्न छ :
1 giraaftari  (1)1 giraaftari  (6)1 giraaftari  (5)1 giraaftari  (4)1 giraaftari  (3)mukumling-giraftari-2