धरान : नेवारी सांस्कृतिक सङ्गीतमा बाँसुरीको महत्त्वपूर्ण स्थान रहँदै आएको छ ।
चाड, पर्वहरूमा बजाइने बाँसुरीको सांस्कृतिक धुन नयाँ पुस्तामा हस्तान्तरण गर्न धरानमा बाँसुरी वादनकाको एक महिने तालिम शनिवार देखी सुरु गरिएको छ । नेवा देय दबु धरानको आयोजनामा धरान– १६ हारती अजिमा मन्दिरमा तालिम सञ्चालन भएको हो ।
तालिमको उद्घाटन प्रमुख अतिथि अध्यक्ष केदार बजिमयले गरेका छन् । उद्घाटन कार्यक्रममा उले संस्कार सस्कृती बचाउन नयाँ पुस्ता लाग्नु पर्ने बताए ।
स्थानीय सरकारले पर्याप्त मात्रामा बजेट नछुटाएको उल्लेख गदैै भने ‘स्थानीय सरकार आफै स्थानीय संस्कार सस्कृती बचाउन लागि पर्नुपर्नेमा बजेट माग्न जाँदा भिख माग्नु पर्ने अवस्था छ ।’
तालिममा धरानका ६० युवा÷युवती सहभागी छन् । एक महिना सम्म सञ्चालन हुने बाँसुरी वादन प्रशिक्षण समीर आचार्जुले दिने छन् ।
कार्यक्रममा दबुका सल्लाहकार मुकुल कायस्थ, खड्गी सेवा समाजका अध्यक्ष मनिष खड्गीले संस्कृतिमा सङ्गीतको महत्वका बारेमा धारणा राखेका थिए । दबुका वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठले स्वागत मन्तव्य दिएको कार्यक्रमको अध्यक्षता दबु अध्यक्ष मनोहर शाक्यले गरेका थिए ।