धरान: धरानका नगर प्रमुख हर्क साम्पाङ हिजो आज पार्टी खोलेर देश बनाउन प्रधानमन्त्री बन्ने धुनमा लागेका छन् ।
अब उनको ध्यान धरानका सडकको खाल्डा खुल्डीमा जाने वाला छैन ।
उपमहानगरपालिका कार्यालय परिसर प्रवेशद्वारकै सडकको खाल्डो मर्मत नभएर बुधवार इँटा लोड गरेको ट्याक्टर प्रवेशद्वारमै फसेको कुराले यसको पुष्टि गरेको छ । 
गेट अगाडिको भत्किएको डूेन ६ महिनादेखि बेवारिसे अवस्थामा छ । उपमहानगरपालिका छिर्ने मुख्य नाकामै भत्किएको ड्रेन मर्मत नहुँदा भवन निर्माणको लागि इँटा लिएर आएको ट्याक्टर गेटै छेकिने गरी ३ घण्टा सम्म ड्रेनमा फसेको हो । 
स्थानीयका अनुसार लामो समयदेखि ड्रेन भत्किएको अवस्थामा रहँदा पनि उपमहानगरपालिकाले न त स्थायी मर्मत गरेको छ, न त अस्थायी व्यवस्थापन नै गरेको छ । 
नगरपालिकाकाको यस्तो  लापारवाहीकाका कारण दमकमल जस्तो आपत्कालीन सेवा नै अवरुद्ध हुने जोखिम बढेको प्रत्यक्षदर्शीहरूको भनाई छ ।  
ट्याक्टर फसेको समयमा यदि आसपास क्षेत्रमा आगो वा अन्य आपत्कालीन अवस्था उत्पन्न भएको भए दमकल र एम्बुलेन्स समेत प्रवेश गर्न नसक्ने अवस्था रहेको उनीहरूले बताए ।
वर्षा याम सुरु भइसकेको अवस्थामा समेत जोखिमयुक्त खाल्डो लाई बेवास्ताले थप दुर्घटनाको सम्भावना उत्तिकै छ ।
उपमहानगरपालिकासँग बजेट, प्राविधिक शाखा र जनशक्ति हुँदाहुँदै ६ महिना कार्यालय प्रवेशद्वारको गेटैको ड्रेन मर्मत नहुनु लापरबाही कि नियोजित बेवास्ता भन्ने प्रश्न उठेको छ । 
दुर्घटना भएपछि मात्र चासो देखाउनुले धरान उपमहानगरपालिकामा सुशासन, प्राथमिकता र जबाफदेहिताको गम्भीर सङ्कट रहेको कुरा उजागर गरेको छ । 
यसबारे उपप्रमुख अईन्द्र विक्रम बेघाले जिम्मेवार व्यक्ति जिम्मेवार नहुँदा समस्या उत्पन्न भएकोले अब सबै जिम्मेवार बन्नु पर्ने बताए ।
उनले भने ‘कर्मचारीको काम पनि आफै गर्ने मेयर देश दौडाहामा हुनुहुन्छ, मेयर साव आफू पनि देश दौडाहा हिँडेका कारण उपमहानगरपालिको प्रशासनिक काम समेत ठप्प छ,डोजर प्रयोग गरेर समस्याको समाधान गर्नेछौँ ।’