भोजपुर : भोजपुरको आमचोक गाउँपालिका-९ माझखानी बस्ने २१ बर्षीय अशोक श्रेष्ठको दुधकोशी नदीले बगाएर मृत्यु भएको छ ।

बुधवार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ साँझ साढे ५ बजे गोजेपाथर बगरमा मृत फेला परेका थिए ।

मृतकको शव भेटिए पछी स्थानीयले प्रहरीलाई जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी बालाङखाबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।