धरान : झापाको गौरादह-४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका छन ।

आइतबार साझँ साढे ६ बजे कमलगाउँपालिका-५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर  बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिशेष सुराकिको आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।