इटहरी : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । 
लिङ्थेपका अनुसार चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
चालू आर्थिक वर्षको भन्दा १२.७४ प्रतिशतले बढी बजेट ल्याएको सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । 
मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, सङ्घबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोडको अनुमान गरेका छन् ।
सशर्त अनुदान तर्फ ५ अर्ब ९५ करोड,समपूरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट ४१ करोड प्राप्त हुने बताइएको छ । सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब बेहोर्ने मन्त्री लिङ्थेपले बताए ।