इटहरी : इटहरी उपमहानगरपालिकाले सात बिघा क्षेत्रफलमा घरेलु औद्योगिक ग्राम बनाउने भएको छ । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि औद्योगिक ग्राम बनाउन १ करोडको बजेट छुट्टाएको हो ।

उद्योग वाणिज्य व्यापार व्यवस्था शीर्षकमा उपमेयर लक्ष्मी गौतमले घरेलु औद्योगिक ग्राम बनाउने भएको हो । बजेटको बुँदा नम्बर १३ मा बजेट व्यवस्था गर्दै गौतमले इटहरी ३ सरस्वती माविको जग्गालाई भाडामा लिएर ग्राम बनाउन लागिएको गौतमले जानकारी दिइन ।

'२० वर्षको लिजमा सरस्वती माविको जग्गामा बनाउन लिज प्रक्रिया सुरु गरेका छौ' गौतमले भनिन् बजेटको विषयमा भनिन् ' एक करोड कम्पाउन्ड वाल र त्यहाँ सम्म जाने पूर्वाधारका लागि छुट्टाएका हौ।'

त्यसैगरि उत्पादित कृषि उपजको बजारीकरण र व्यापार व्यवसायलाई व्यवस्थित गर्न वडा नम्बर ८ मा रहेको कृषि बजारको लागि प्रदेश सरकारको सहयोगमा बनाउने योजना इटहरीले सार्वजनिक गरेको छ । आगामी दुई वर्षभित्र सम्पन्न गर्न आगामी आर्थिक वर्षका लागि आवश्यक व्यवस्था गरेको गौतमले बताइन ।