धरान : सुनसरीमा आज थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज सङ्क्रमण पुष्टि भएकोमा इटहरी उपमहानगरपालिकाको क्वारेनटाइनका २ जना र रामधुनी नगरपालिकाको क्वारेनटाइनका ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ सय २५ पुगेको छ ।

सुनसरीमा अहिले सम्म निको हुनेको सङ्ख्या १ सय पुगेको छ । अहिले सम्म सुनसरीमा जति पनि कोरोना सङ्क्रमित भए धरान १३ की एक महिला र बराहक्षेत्रकी एक बालिका बाहेक सबै जना क्वारेनटाइनमै बसेकाहरूमा मात्रै देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।