धरान : स्कुल ओलम्पिक खेलकुद प्रतियोगिताको पूर्व सन्ध्यामा  शुक्रवार आयोजित मिनी म्याराथुन प्रतियोगितामा छात्रतर्फ ओसिस स्कुलका हेमन राई र छात्रातर्फ बालिका स्कुलकी सन्ध्या राई प्रथम भएका छन् ।
छात्रतर्फ ओसिस स्कुलकै मौसम विक दोस्रो तथा देउराली चिल्ड्रेनका शुसान कालिकोटे तेस्रो भए। त्यसै गरी छात्रातर्फ जोलसया स्कुलकी अभिकक्षा राई दोस्रो र डीपी विल्बर्सकी सायाहाङ राई तेस्रो भइन् । 
प्रतियोगितामा धरानका सामुदायिक तथा संस्थागत गरी १४ वटा विद्यालयका ७ सय विद्यार्थीहरूको सहभागी थिए । स्कुल ओलम्पिक खेलकुद प्रतियोगिता भोली असार १३ गते देखि असार २० गते सम्म सञ्चालन हुने भएको छ ।
मिनी म्याराथुन धरान उपमहानगरपालिकाको परिसरबाट सुरु भई धरान–१६ स्थित रङ्गशालामा पुगेर सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले गरेका थिए ।
स्कुल ओलम्पिक अन्तर्गत आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि, स्वस्थ प्रतिस्पर्धा र शारीरिक तन्दुरुस्तीको भावना अभिवृद्धि गर्ने अपेक्षा आयोजकले जनाएको छ ।