इटहरी : इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
इटहरीमा विगत तीनबर्षमा पहिलो पटक बिना विवाद बजेट सार्वजनिक भएको हो ।
विगतका वर्षहरूमा बजेट सिलिङ देखि अनेकौँ विवादले समय बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दा समस्या हुने गरेको थियो ।
कहिले उपप्रमुखले बहिष्कार गरेपछि प्रवक्ताले वाचन गर्ने र कुनै बेला अनुसूची बिना बजेट आएको भन्दै विरोध हुने गरेको थियो ।
यस पटक भने विगतको भन्दा शान्त वातावरणमा बजेट नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
































































