धरान : युवाहरूलाई शिपमुलुक रोजगारीका लागि कोशी प्रदेश सरकारको अनुदान धरान उपमहानगरपालिकाको समन्वयमा ६५ दिने मोबाइल मर्मत तालिम आज आइतबार सम्पन्न भएको छ ।
धरान–८ भान्जा मोबाइल तालिम केन्द्रमा सञ्चालन गरिएको तालिममा धरानका २९ जना युवा सहभागी थिए । आइतबार आयोजित समापन कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले प्राविधिक तथा सीपमूलक तालिमले युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ उन्मुख गराउने बताए ।
धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले युवा लक्षित सीपमूलक कार्यक्रमले युवालाई आत्मनिर्भर र स्वरोजगार बन्न प्रेरित गर्ने बताए ।
मुख्य प्रशिक्षक सविन लम्सालका अनुसार सहभागीलाई मोबाइल मर्मत सम्बन्धी आधारभूतदेखि व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको छ । तालिमले युवाहरूलाई स्वरोजगार बन्ने आधार तयार गरेको उनले बताए ।
प्रशिक्षार्थी देवेन्द्र श्रेष्ठले तालिमले व्यवसाय सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको बताए ।







































































