इटहरी : नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङको जिम्मेवारी खोसेको छ ।
पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न र गराउन असहयोग गरेपछि जिम्मेवारीबाट हटाइएको हो ।
डाक्टर शेखर कोइरालानिकट क्षेत्रीय सभापति तामाङको जिम्मेवारी खोसेर चुमनारायण तबदारलाई दिइएको छ । डाक्टर कोइरालाको निर्वाचन क्षेत्रका सभापतिको जिम्मेवारी खोसिएपछि काँग्रेस भित्र झनै किचलो बढ्ने आशङ्का गरिएको छ ।
कोही दिन अगाडि डाक्टर कोइरालाको नेतृत्वमा विराटनगरमा सम्पन्न एकता सभामा सभापति गगन थापा लगायत संस्थापन पक्षको आलोचना भएको थियो ।
जिम्मेवारी खोसिएसँगै तामाङले सदस्यता अद्यावधिक गर्ने एनसी आइडी चलाउन नपाउने भएका छन् । एनसी आइडी नभएपछि नयाँ सदस्यको एप्रुभ गर्न नमिल्ने र एप्रुभ गर्ने जिम्मा तबदारले पाएका हुन् ।




































































