इटहरी : लामो समय देखी खेलकुद क्षेत्रमा सक्रिय केशव कार्की सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन्। बिहीबार कोशी प्रदेश खेलकुद विकास बोर्डले कार्कीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।
लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय कार्की फुटबल प्रशासन र क्लब व्यवस्थापनमा परिचित नाम हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कोशी का सह(महासचिवका समेत रहेका कार्की राष्ट्रिय जागृति (राजा) क्लबका अध्यक्ष हुन् ।
सुनसरी जिल्ला फुटबल सङ्घको समेत जिम्मेवारी सम्हाल्दै आएका कार्कीले समग्र खेलकुद क्षेत्रको नेतृत्व गर्ने अवसर पाएका हुन् । नियुक्त भएसँगै कार्कीले सुनसरीका खेल प्रेमी युवाहरूमा उत्साह बढाउने बताए । छोटो प्रतिक्रिया दिँदै कार्कीले सबै खेलकुदलाई समान अवसर दिने र कोशीकै उत्कृष्ट जिल्लाको रूपमा स्थापित गराउने प्रतिबद्धता जनाए ।