धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जनकपुरबाट रिफर भएर आएका सिराहाको गोलबजार १२ का २५ वर्षीय युवाको गए राती १०:४५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिएका छन् ।

२, ३ वर्ष देखि उनी मिर्गौलाका बिरामी रहेको र उनको हप्तामा २, ३ पटक डाइलाइसिस गराउनुपर्ने बिरामी भएको र यहाँ आइपुग्दा बिरामी सिकिस्त अवस्थामा थिए । उनको डाइलाइसिस गर्ने क्रममा मृत्यु भएको हो ।

मृतक हिजो साँझ जनकपुरबाट रिफर भएर प्रतिष्ठान आई पुगेका थिए । मृतकको शव पठाउनको लागि अहिले आवश्यक समन्वय भइरहेको बताइएको छ ।