धरान : धरानको खानेपानी समस्याको दीर्घकालीन समाधान समाधानका लागि चालु आर्थिक वर्ष २०८३/०८४ को सङ्घीय बजेटमा समावेश खानेपानी परियोजना अघि बढाउन धरान उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन विभागलाई पत्राचार गर्दै तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।
कावा प्रमुख अईन्द्र विक्रम बेघाले शुक्रवार विभागलाई पत्राचार गर्दै नेपाल सरकारको बजेटमा समावेश खानेपानी परियोजना धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि महत्त्वपूर्ण भएकाले शीघ्र कार्यान्वयन गरिदिन अनुरोध गरेका हुन ।
उपमहानगरपालिकाले योजना कार्यान्वयन प्रक्रिया अघि बढाई धरानवासीको वर्षौँदेखिको खानेपानी समस्या समाधानमा सहयोग गर्न विभागलाई आग्रह गरेको जनाएको छ ।





































































