धरान : राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक कक्षा १२ को नतिजामा धरानका १४ वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी १ हजार २६० विद्यार्थी मध्ये ७३२ जना ‘ग्रेडेड’ भएका छन् । यो सङ्ख्या कुल परीक्षार्थीको ५८ दशमलव १ प्रतिशत हो ।
नतिजा अनुसार धरान–१४ स्थित पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय उत्कृष्ट देखिएको छ । पिण्डेश्वरबाट परीक्षामा सहभागी ९ विद्यार्थी मध्ये ७ जना ‘ग्रेडेड’ भएका छन् । प्रतिशतको हिसाबले ७७ दशमलव ७७ रहेको छ ।
दोस्रो स्थानमा धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालय, पानवारी रहेको छ। विद्यालयबाट परीक्षामा सहभागी ६९ विद्यार्थीमध्ये ५२ जना ७५ दशमलव ३६ प्रतिशत ‘ग्रेडेड’ भएका छन् । विद्यालयलाई सर्वाधिक ३ दशमलव ७० जिपिए प्राप्त भएको छ ।
धरान–१९ स्थित किरातेश्वर माध्यमिक विद्यालय बाट परीक्षामा सहभागी २० विद्यार्थीमध्ये १४ जना ७० प्रतिशत ‘ग्रेडेड’ भएका छन् । विद्यालयको उच्चतम जिपिए ३ दशमलव ५३ रहेको छ ।
धरान–२ स्थित शिक्षा निकेतन माध्यमिक विद्यालय ले ६९ दशमलव ६२ प्रतिशत नतिजा हासिल गरेको छ । १५८ विद्यार्थीमध्ये ११० जना ‘ग्रेडेड’ भएका छन् । साधारण धारतर्फ १२३ मध्ये ८१ जना तथा प्राविधिक धारतर्फ ३५ मध्ये २९ जना ‘ग्रेडेड’ भएका हुन । विद्यालयका अनुसार ३ विद्यार्थीले ३ दशमलव ७१ जिपिए सहित ए प्लस ल्याएका छन् । 
शिक्षा महाशाखाको तथ्याङ्क अनुसार धरान–१७ रेल्वेको पञ्चकन्या माध्यमिक विद्यालय बाट सहभागी ५० विद्यार्थीमध्ये ३३ जना ६६ प्रतिशत ‘ग्रेडेड’ भएका छन् । विद्यालयको उच्चतम जिपिए ३ दशमलव १ रहेको छ।
धरान–१२ पब्लिक हाई स्कुल बाट परीक्षामा सहभागी ६५१ विद्यार्थीमध्ये ४२८ जना ‘ग्रेडेड’ भएका छन् । स्कलका ६५ दशमलव ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । साधारण धारतर्फ ६३१ मध्ये ४०८ जना र प्राविधिक धारतर्फ सहभागी सबै २० जना ‘ग्रेडेड’ भएका छन्। ।
प्रधानाध्यापक डा. इन्द्र मोहन झाका अनुसार व्यवस्थापन सङ्कायतर्फ आयुष कट्वालले ३ दशमलव ९६ जिपिए ल्याएका छन् । अन्य ८ जनाले ३ दशमलव ६१ भन्दा माथिको जिपिए हासिल गरेका छन् ।
धरान–१३ पब्लिक फुस्रे माध्यमिक विद्यालयबाट १२ विद्यार्थीमध्ये ७ जना ५८ .३३ प्रतिशत ‘ग्रेडेड’ भएका छन् । विद्यालयको उच्चतम जिपिए २ दशमलव ९३ रहेको छ।
धरान–२० भालढुंगा माध्यमिक विद्यालय बाट १७ मध्ये ९ जना ५२ दशमलव ९४ प्रतिशत ‘ग्रेडेड’ भए । स्कुलको ३ दशमलव २८ जिपिए आएको छ ।
धरान–१६ शारदा बालिका नमुना माध्यमिक विद्यालय बाट २९ मध्ये १५ जना ५१.७२ प्रतिशत ‘ग्रेडेड’ भए । चार जनाले जिपिए ३ दशमलव ३४ ल्याएको छ । 
धरान–८ सहिद स्मृति माध्यमिक विद्यालय बाट १९ मध्ये ६ जना ‘ग्रेडेड’ भएका छन्, जुन ३१ दशमलव ५७ प्रतिशत हो। विद्यालयको उच्चतम जिपिए ३ दशमलव ४८ रहेको छ।
धरान–८ ल्याबोरेटरी माध्यमिक विद्यालय बाट १७ विद्यार्थीमध्ये ५ जना २९.४१‘ग्रेडेड’ भएका छन् । सर्वाधिक ३ं.२ जिपिए आएको छ ।
धरान–१५ शिक्षा सदन माध्यमिक विद्यालय बाट १६० परीक्षार्थीमध्ये ४० जना ‘ग्रेडेड’ भए । उच्चतम जिपिए ४ रहेको छ ।
धरान–१६ चन्द्र संस्कृत माध्यमिक विद्यालय बाट सहभागी १६ मध्ये ४ जना २५ प्रतिशत ‘ग्रेडेड’ भए । उच्चतम जिपिए ३।०४ रहेको छ ।
सबैभन्दा कमजोर नतिजा धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयको देखिएको छ । परीक्षामा सहभागी ३३ विद्यार्थीमध्ये ७ जना मात्रै २१.२१ ‘ग्रेडेड’ भएका छन् । 
धरानका सामुदायिक विद्यालयहरूको कक्षा १२ को नतिजाले विद्यालयहरू बिचको शैक्षिक गुणस्तरमा ठुलै अन्तर देखाएको छ । यो अवस्थाले सामुदायिक शिक्षाको गुणस्तर, व्यवस्थापन र सिकाइ वातावरणमा गम्भीर समीक्षा आवश्यक रहेको सङ्केत गरेको छ ।
ntija