प्रकाशपुर : बराहक्षेत्र वडा १० प्रकाशपुरमा नेकपा सम्बद्ध युवा बिद्यार्थीले पिपिइ बितरण गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाईन खटिने स्वास्थ्यकर्मी र प्रहरीलाई पिपिइ गाउन बितरण गरेको हो ।

सुनसरी काठमाडौ सम्पर्क मन्चका सदस्य रमेश बिस्टले उपलब्ध गराएको ५ थान पिपिइ प्रहरी चौकी र स्वास्थ्य चौकीमा बितरण गरिएको नेकपा संबद्ध नेता आकाश तामाङले बताए ।