झुम्का कारागारका १२ जना कैदी सहित सुनसरीमा ३२ जना कोरोना संक्रमित थपिए

  • भदौ ३०, २०७७
  • ३४४ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : सुनसरीमा आज झुम्का कारागारका १२ जना सहित ३२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार धरानमा २ महिला ५ पुरुष सहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिला सहित ९ जना, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

केही दिन अघि उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको क्लोज कनट्र्याक्टमा रहेकाहरू कनट्र्याक्ट ट्रेसिङको क्रममा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १२५५ पुगेको छ । अहिले सम्म ५९१ जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ भने जिल्लामा ६५७ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved