ओशो ध्यान आश्रम विराटनगरलाई ५ लाख सहयोग

  • आश्विन ४, २०७७
  • २११ पटक पढिएको
  • कपुरी न्यूज
alt

विराटनगर : विराटनगर स्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले ५ लाख आर्थिक सहयोग गरेका छन् ।

ओशो साधक तथा नेपाल सरकारका पूर्व कर्मचारी डुल्लुराज बस्नेत ९स्वामी वीतराग० ले आश्रम सञ्चालन सहयोगको लागि अक्षयकोष खडा गर्न ५ लाख सहयोग गरेका हुन ।

विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रम बिच आइतबार कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए ।

तीमध्ये बस्नेतले रकम हस्तान्तरण गरिदिएका हुन ।बस्नेतले ओशो सन्यासी माझ भने,“म पनि ध्यान र साधनासँग जोडिएको छु । आश्रमसँग मेरो पनि लगाव छ । आश्रममा ध्यान लगायतका गतिविधि गर्न थोरै भए पनि सहयोग पुगोस भन्ने अभिप्रायले सहयोग गरेको हुँ ।” विराटनगर आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएकोमा कोरोना कहरपछि पछि स्थगित रहेको बताइएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved