धरान : सुनसरी जिल्लामा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या ७,२३२ पुगेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार संक्रमित मध्ये ४,८०३ जनाले कोरोना जितेर होम आइसोलेसन र अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यसै गरी अहिले सम्म जिल्लामा २२९८ जना सक्रिय संक्रमित रहेका छन् भने २२०० जना होम आइसोलेसनमा रहेका छन् ।

सुनसरी जिल्लामा सबै भन्दा बढी कोरोना सङ्क्रमितको सङ्ख्या धरान उपमहानगरपालिकामा रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि धरानमै रहेको छ । त्यस पछि इटहरीमा सङ्क्रमितको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।