धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत महोत्तरीकी कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

प्रतिष्ठानको सूचना केन्द्रले दिएको जानकारी अनुसार महोत्तरीको बर्दिबास २ की २२ वर्षीय युवतीको गए राति उपचारको क्रममा मृत्यु भएको हो ।

पहिले देखिनै बिरामी रहेका उनलाई मङ्सिर २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरी उपचार गरिँदै थियो ।

मृतकको शवको व्यवस्थापन नियम अनुसार गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।