धरान : कोशी ब्यारेजको पुलबाट नदीमा खसेर जनस्वास्थ्य कार्यालय मोरङका अहेव सुवास नेपालको मृत्यु भएको छ ।

शनिवार दिउसो मध्यान्ह साढे १२ तिर मोबाइलबाट फोटो खिच्नेक्रममा पछाडि सर्दा अचानक नदीमा खसेको देखेको स्थानीयले बताएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।

झापाको दमक-६ घर भएका ४८ वर्षीय नेपाल जनस्वास्थ्य कार्यालय मोरङका अहेव रहेको र उनको उनले बोकेको सवारी चालक अनुमतीपत्रबाट ठेगाना खुलेको प्रहरीले जानकारी दिएको छ ।

कोशी ब्यारेजको ५२ नम्बर पिल्लरको उत्तर तिर उनी खसेका थिए । मृतकको शव र घटनाको मुचुल्का सप्तरी प्रहरीको क्षेत्रमा परेकोले सप्तरी प्रहरीले मुचुल्का उठाएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको एसपी थापाले बताए ।