नेपाली काँग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी

  • मंसिर १३, २०७८
  • ८४४ पटक पढिएको
  • कपुरी न्यूज
alt

इटहरी : नेपाली काँग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारीले विजय हासिल गरेका हुन् । सुरुवात देखीनै अग्रता कायम गरेका उनले संस्थापन प्यानलका उम्मेदवार सञ्जय कुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

दुवै उम्मेदवारको निर्वाचन क्षेत्र र पालिका पनि समान भएका कारण चुनाव निक्कै प्रतिस्पर्धात्मक देखिएको थियो । कुल २६२६ मत मध्ये श्रेष्ठले १३०९ मत पाउँदा भण्डारीको पक्षमा १४२२ मत खसेको थियो । ११३ मतान्तरका साथ विजयी भएका भण्डारी दुई कार्यकाल सुनसरी सचिव चलाएका हुन् । श्रेष्ठ मनोनीत उसपभापती हुन् । वकालत पेसामा समेत आबद्ध भण्डारी प्रस्ट वक्ताको रूपमा चिनिन्छन्।

भण्डारी सहित उपसभापतिमा इतर पक्षकै नागेशचन्द्र राई र पङ्कज कुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका वीरेन्द्र कुमार शाह र इतर प्यानलका माधव कुमार घिसिङ निर्वाचित भएका हुन् । सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्ग महाधिवेशन प्रतिनिधिमा उपेन्द्र प्रसाद मेहता र देवेन्द्र पौडेल विजयी भएका हुन् ।

इतर प्यानलको पकड मानिएको सुनसरीमा निक्कै कडा प्रतिस्पर्धाका बिच भण्डारी विजयी भएका छन् । यस सँगै राजीव कोइराला पछि सुनसरीमा इतर पक्ष स्थापित भएको छ ।

winner-list

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2022 - Kapurinews.com All rights reserved