धनकुटा : यो वर्षको सिजनको सुरुवातमै धनकुटामा एभोकाडोको मूल्य आकाशिएको छ । अहिले धनकुटाको स्थानीय बजारमै एभोकाडोको मूल्य प्रति किलो २ सय ५० रुपैयाँदेखि ३ सय ५० रुपैयाँ पर्ने गरेको छ ।

ग्रेडिङ्ग गरिएको राम्रो ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ भने छनौट भएको २ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । अघिल्लो वर्ष यही सिजनमा एभोकाडो प्रति किलो दुई सय रुपैयाँसम्ममा पाइन्थ्यो । बाहिरी जिल्लाबाट माग बढेकाले मूल्य बढेको स्थानीय व्यापारी बताउँछन् ।

पछिल्लो समय धनकुटाको एभोकाडो खानको लागि भन्दा पनि नर्सरी राख्न बढी माग हुने गरेको कृषि अभियन्ता जीवन राइले जानकारी दिए । धनकुटा जिल्लामा अहिले वार्षिक करिब २ लाख किलो उत्पादन हुने गरेको छ ।