धरान: बसाइँ लीलबहादुर क्षेत्रीद्धारा लिखित चर्चित उपन्यास हो । यो उपन्यासमा एक समयको नेपाली समाजको चित्रण छ ।

एउटा सामान्य परिवार(धने र मैना) घर चलाउन ऋण लिन्छन् । तिर्न सक्दैनन् । साहुले भैसी नै लैजान्छ । पुनः साहुको खेत कमाउन थाल्छ । धान रोप्ने बेला साहुकै भैसीले बिउ खाइदिन्छ । रिसले धनेले भैसी कुट्छ । त्यही भैसी मरेपछि साहुलाई भैसीको दाम तिर्न बाध्य हुन्छ । केही गर्दा पनि नभएपछि धने र मैना घरखेत नै साहुलाई बेचेर बसाइँ सर्न बाध्य हुन्छन् ।

यो उपन्यासले सामान्ती नेपाली समाजको यथार्थ चित्रण गरेको छ । धने र मैनाको नियती केही दशक अघिसम्म नेपाली समाजमा व्यप्त थियो । हुन त अहिले पनि गाउँघरबाट बसाइँ सर्नेहरु छन् तर, अवसर र सुविधाको खोजीमा । धने र मैनाको नियती केही फरकपन छ । तर, गरिबीले ग्रस्त नेपालीहरुको अवस्था अझै सुधार हुन भने सकेको छैन । गाउँबाट सहर पसेका नेपालीहरु हिजोआज परिवारको खुशीको लागि विदेशिन बाध्य छन् । 

basai6

यही चर्चित उपन्यासमाआधारित नाटक बसाइँ बिहिबारदेखि धरानमा मञ्चन भइरहेको छ । अर्थात, नाट्य रुपान्तरण भएको छ । रंगभुमी एकेडेमीले उपन्यासलाई नाट्य रुपान्तरण गरेको हो । बिहिबार साढे ४ बजे नियमित शो मञ्चन भएको नाटक शुक्रबार भने दिउँसो १ बजे पनि अतिरिक्त शो मञ्चन गरिएको थियो । नाटक माघ १३ गतेसम्म नियमित साढे ४ बजे र अतिरिक्त समयमा पनि मञ्चन हुनेछ । ‘नियमित शो साढे ४ बजे हुन्छ, समय मिलाएर अतिरिक्त शो पनि मञ्चन गछौं,’निर्देशक तथा परिकल्पनाकार मिलन चाम्लिङ राईले भने । उनका अनुसार शुक्रबार १ बजे धरान ५, देउरालीस्थित हिमाली मावि र सुनाखरी एकेडेमीको टिमले अतिरिक्त शो हेरेका थिए ।

basai7

नाटकमा विकास पराजुली, तुलसा थापा, शंकर थापा, मिलन चाम्लिङ, गोमा पौडेल, एन्नुमा चाम्लिङ, बलबहादुर राई, मिलन भुजेल र सन्देश दाहालको अभिनय छ । उपन्यासलाई नाट्य रुपान्तरण विनय सरगमले गरेका हुन् भने नाटकमा संगीत संयोजन विनायक राई, प्रकाशन संयोजन हरि इवाहाङ लिम्बु, पोशाक तुलसा थापा र मञ्च परिकल्पना विकास पराजुलीले गरेका छन् ।

basai2 1 basai4 basai5

basai 1