सुनसरी : दुहबी-८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ।

सोमबार राती ११ बजे मोरङ बुढिगंगा-५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुदा सोही मोटरसाईकलका चालक चौधरी गम्भिर घाईते भई बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा उनको  मंगलबार बिहान ४ :४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।