धरान : धरान १६ स्थित रंगशालामा शनिबार गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबको मैत्रिपुर्ण खेल २:३० मा हुने भएको छ ।

धरानका नगर प्रमुख तिलक राई डिएसपी ढुण्डिराज न्यौपाने पनि सहभागि मैदानमा उत्रने क्लबका मेनेजर बुद्धि कुमार सुनुवारले शनिबार गरेको पत्रकार सम्मेलन गरि जानकारी दिए ।

धरान ठुला ठुला खेल मैदानका लागि सबैका लागि रोजाइ बन्दै आएको छ । यसपपटक पनि एफसी गोर्खा भेट्रान युक क्लबको रोजाई धरानकै रंगशाला बन्यो । आयोजकहरु पनि धरानकै रहेकाले धरान च्यारिटीका लागि 'वेस्ट' बनेको बताए ।

२०७१ सालमा स्थापना भएको यस संस्थाले यसभन्दा अगाडी पनि फुटबल खेलेर सामाजिक कार्यमा सक्रिय रहेको यसपटक पनि धरान १६ स्थित पुर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण बिद्यालयलाई सहयोग गर्ने सुनुवारले जानकारी दिए ।

गोर्खा भेट्रानका १६ टोलि धरान आएका छन् । धरान भेट्रान फुटबल क्लबका नगर प्रमुख तिलक राई डिएसपी, ढुण्डिराज न्यौपाने, मैदानमा उत्रन पुर्वराष्ट्रिय खेलाडिहरु मैदानमा उत्रने आयोजकले जनाएको छ ।

मैत्रिपुर्ण खेलका बिजेता टिमलाई गोल्डेन टर्फि र उप बिजेता टिमलाई सिल्वर मेडल प्रदान गर्न र खेलकुद मनोरञ्जनका माध्यम बाट सामाजिक कार्य गर्न र नयाँ सन्देश छाड्ने आयोजकले जानकारी दिए ।

अन्य क्लब भन्दा आफ्नो क्लब सामाजिक गर्न भएकाले छुट्टै रहेको आयोजकको दाबि गरेको छ ।