पाँचथर  : पाँचथरको याङवरक गाउँपालिका-४ याङसिबुङ बस्ने आईत बहादुर योङहाङको १४ बर्षीया छोरी रेश्मा योङहाङको काबेली खोलामा डुबेर मृत्यु भएको छ ।

शनिवार दिउँसो साँढे २ बजेको समयमा काबेली खोलामा पौडी खेल्न भनी गएकी बालिका सोही खोलाको दहमा डुबेर मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।