धरान : बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार सम्ममा १ सय ९९ जना कोरोना हेल्प डेक्सको सम्पर्कमा आएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफुलाई कोरोना संक्रमणको आशंकामा आएका १ सय ९९ मध्ये ११ जना आईसोलेसन वार्डमा भर्ना भएका थिए भने सवैको रिपोर्ट कोरोना नेगेटिभ कोरोना नभएको आएपछि उनीहरु सबै जना डिस्चार्ज भएका छन् ।

त्यस मध्ये १४ जना मोरङको टाँडी र धरान १३ स्थित नेपाली सेनाको शैनिक आवासिय विद्यालयको क्वारेनटाईनमा १४ जनालाई पठाईएको छ भने होम क्वारेनटाईनमा १ सय ७४ जनालाई रेफर गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।

यसैगरी प्रतिष्ठानमा स्थापना गरिएको कोरोना ल्याबमा ३९ वटा नमुना संकलन भएका मध्ये २४ वटाको कोरोना नभएको रिपोर्ट आएको छ भने बाँकी १५ वटाको रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानले जनाएकाे छ ।
प्रतिष्ठानमा अहिले सम्म २६ जनाको नमुना मध्ये सवैको नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।