पथरी : मोरङको लेटाङ नगरपालिकाको जाँतेमा रहेको श्री माध्यामिक बिद्यालयको खानेपानी ट्याङ्कीमा साउन २९ गते मंगलवार अज्ञात ब्यक्तिले बिष मिसाई दिँदा २८ जना बिद्यार्थी बिरामी परेको घटनाका दोषी अझै पत्ता नलाग्दा स्थानिय अभिभावक आक्रोशित भएका छन् ।
प्रहरीले सो घटनाका बारेमा अनुसन्धान गरिरहेको वताइरहे पनि स्थानिय अभिभावकले आफ्ना बालबालिकाको ज्यानै लिने नियतले गरिएको सो कार्यका दोषि पत्ता लगाउन माग गरेका छन् । घटनास्थल पुगेका सञ्चारकर्मी संग कुरा गर्दै उनीहरुले यस्तो कार्य गराउने जो सुकै भए पनि प्रशासनले दोषि पत्ता लगाएर कारबाहिको दायरमा ल्याउनु पर्ने वताएका हुन ।
मंगलवार बिहान बिद्यालय आएका बिद्यार्थीहरु पानी खाने क्रममा उनीहरु बिरामी परेका थिए ।
साना कक्षाका बालबालिकाहरुले पानी खाए पनि थाहा नपाएको र ठुला कक्षाका बिद्यार्थीले गन्ध आएको थाहा पाएपछि खोजी गर्दा पानीको ट्याङ्कीमा विषादिको वोतल भेटिए पछि घटना बाहिर आएको विद्यालयका शिक्षक खगेन्द्रराज खतिवडाले वताएका हुन ।
सो घटनामा बिरामी भएका ४ जनाको बिद्यार्थीको विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको छ । अन्य विद्यार्थीको अवस्था भने सामान्य बन्दै गएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले बताएका छन ।
विष हालेको पानी पिएका बिरामी विद्यार्थीलाई तत्काल उपचारको लागि मंगलवारे अस्पताल उर्लावारीमा पठाईएको थियो । बिष कसले पानीमा हाल्यो भन्ने बारेमा अहिले सम्म केही खुलको छैन ।
साईफर मेथिन १० प्रतिशत बिषादी खानेपानीमा हालेको पाईएको प्रहरी निरीक्षक खतिवडाले वताए । गम्भीर बिरामी भएका ४ जना मध्य कक्षा ७ मा अध्ययनरत श्रीष्टी निरौला, कक्षा ९ मा अध्ययनरत खुस्बु मिश्र र कमला लिम्बु र कक्षा ५ मा अध्ययनरत मनिस थापा को हाल सम्म नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको बिध्यालयका प्रधानध्यापक खेम राज दुलालले बताएका छन् ।
विरामी हुने विद्यार्थीहरु लेटाङ नगरपालिका वडा नं ८ र ९ मा वस्ने ४ बर्ष देखी १३ वर्ष उमेरका रहेका छन् । सामान्य अवस्थामा रहेका २४ जना बिरामीहरु लाई भने सोहि दिन मंगलवारे अस्पतालले डिस्चार्ज गरेको थियो ।
घटनापछि लेटाङ नगरपालिकाले बिज्ञप्ती जारी गरी सो घटनाको निन्दा र भत्र्सना गरेको छ । नगरप्रमुख शंकर राईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस्ता निच र घृणित कार्यको निन्दा गर्दै खेद प्रकट गरिएको छ ।
प्रहरी र प्रशासनले घटनाको निन्दा र भत्र्सना बाहेक केही गर्न सकेको छैन । सो विद्यालयमा ४ सय ९१ बिद्यार्थीको अध्यायन गर्ने गरेका विद्यालयले जनाएको छ । स्थानिय विद्यार्थीका अभिभावकहरुले दोषी पत्ता लगाई कानुनी कार्वा्हि गर्न ईलाका प्रहरी कार्यालय लेटाङमा दवाव दिएका छन् । प्रहरीले भने दोषि पत्ता लगाउन सकेको छैन । ईलाका प्रहरी प्रमुख युवराज खतिवडा भने घटनाको वारेमा अनुसञ्धान भईरहेको र चाडो भन्दा चाडो दोषि पहिचान गरि कानुनि दायरामा ल्याउने वताउछन् । यता सोहि विषयमा ससदमा वोल्दै सोहि क्षेत्रका सांसद घनश्याम खतिवडाले घटनाका वारेमा यथाशिध्र सत्य तथ्य वाहिर ल्याउन माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाका वारेमा चासो लिएर स्थलगत अनुसन्धान थालेको छ ।