धरान : गत शनिबार २०७५ असोज ६ गते सेवक अभियान धरानकाद्वारा आयोजीत ५४ औं पदयात्रामा च्याम्पियन इङ्गलिस स्कूलका विद्यार्थीहरु सहभागी बने ।
“स्वच्छ धरान स्वस्थ धरान” नाराको साथ सिंहदेवी चौकबाट आरम्भ भएको हाइकिङ्ग पदयात्रा रात्री बसपार्क कुलुंग चौक देखि छेस्केने डांडा, खार खोला, कागुने, खैरेनीटार हुदै नीराजन पुस्तकालयमा समापन भएको थियो ।
पाठ्य पुस्तकको विषय मात्र नभएर अतिरिक्त क्रियाकलापलाई पनि उचित मुल्याङ्कन गर्दै बिद्र्यार्थीहरुलाई शिक्षाको बाटोमा प्रेरित गर्दै आएको च्याम्पियन इङ्गलिस स्कूलले यसरी पदयात्रामा बिद्र्यार्थीहरुलाई सहभागी गराएर एउटा छुट्टै शिक्षाको बाटो अपनाएको अनुभव गरेको छ । बिद्र्यार्थी भाईबहिनीहरुले उक्त पदयात्रा (हाइकिङ्ग)–को अवधिमा बिभिन्न कुराहरु सिक्न पाएको र ती कुराहरुले उनीहरुलाई आउंदो भविष्यमा शिक्षाको क्षेत्रमा धेरै लाभ हुने विश्वास स्कूलका भाईस प्रिन्सिपल श्री अमित थापाले ब्यक्त गरेका छन् ।
च्याम्पियनका विद्यार्थीहरु पदयात्रामा सहभागी
- असोज ७, २०७५ / 1,441 पटक पढिएको



































































