धरान: लागुऔषध दुब्र्यासनमा फसेकाहरुलाई सुधार गदै स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले निर्माण गरिएको आसरा सुधार केन्द्रको धरान शाखा आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल प्रहरी श्रीमति संघद्वारा काठमाडौको रानीबारीमा सञ्चालित केन्द्रको पहिलो शाखाको रुपमा धरान ६ स्थित पानवारीको मार्गे चौरीमा शाखा सञ्चालन स्थापना गरिएको हो । जनताको सहयोगमा २ कराड ३७ लाख २२ हजार ७ सय ९० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको केन्द्रको शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्बेन्द्र खनालले उद्घाटन गरेका थिए । आवास सुविधासहित २ सय जना क्षमता यो केन्द्रको रहेको छ । उद्घाटन पश्चात सुधार केन्द्रको आइजिपि खनालसहित नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रतिमा खनाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रती, धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल, प्रदेश २ का प्रहरी प्रमुख हरिबहादुर पाललगायतले अवलोकन गरेका थिए ।

IMG_2570

उद्घाटन समारोहमा बोल्दै आइजिपि खनालले लागुऔषध दुब्र्यासनीहरुलाई समाजमा पुर्नस्थापित गर्नको लागि आसराले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे । उनले यस शाखाले पनि दुब्र्यासन मुक्त समाज निर्माण गर्नको लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । ‘दुब्यासनीमा लागेका मानिस कानुनी रुपमा अपराधी भएपनि हामीले त्यस्तो नजर हेर्नुभन्दा पनि उसलाई समाजमा पुनस्थापित गर्नुपर्छ,’आइजीपी खनालले भने,‘त्यसको लागि अन्तिम विकल्प भनेको यस्ता सुधार केन्द्र नै हो, उनीरुलाई काउञ्सिलिङ, मेडिटेसन गराएर त्यो समस्याबाट मुक्त गराएर समाजमा स्थापितत गर्नुपर्छ ।’

श्रीमति संघकी अध्यक्ष खनालले सुधार केन्द्रको शाखा पानवारीमा खोल्न पाउदा खुशी लागेको बताउदै सहयोगी दाताहरुलाई कृतकज्ञता व्यक्त गरिन् । केन्द्रको उपचार पद्दति तथा क्रियाकलाप अनुसार सेवा प्रदान गर्ने उनले बताइन् । धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले उपमहानगरले लागूऔषध दुब्र्यासनीमुक्त सहर बनाउनको लागि आवश्यक योजनाहरु बनाइरहेको भन्दै आसरा कोषेढुङगा सावित हुने बताइन् । सञ्चालनको लागि स्थानीय सरकार आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाई थियो । प्रहरी र जनताको प्रत्यक्ष लगानीमा बनाइएको यो नेपालको नमुना सुधार गृह भवन बनेको निर्माण समितिका संयोजक मनोज कुमार मेन्याङबोले बताए ।

जग्गादातासहित ३ जनालाई सम्मान

IMG_2585

आसराको धरान शाखा भवन निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातासहित ३ जनालाई अभिनन्दन गरिएको छ । जग्गा दाता धरान–२ निवासी रामहरी हाडा र श्रीमती मिरा हाडालाई अभिनन्दन गरिएको छ । हाडा दम्पत्तिले आसरा भवन बनाउन साढे १८ धुर जग्गा निःशुल्क दिएका थिए । त्यसैगरी, १७ लाखको जिन्सी सामान तथा नगद रकम सहयोग गर्ने इटहरीका व्यवसायी भीम पौडेल र श्रीमति लिला मायालाई अभिनन्दन गरिएको थियो भने भवन निर्माणमा अहोरात्र खटेर सम्पन्न गरेको भन्दै पूर्व मेयर तथा भवन निर्माण समितिका संयोजक मनोज कुमार मेन्याङबोलाई पनि अभिन्नदन गरिएको थियो ।

17-7

उनीहरुलाई नेपाल प्रहरीका आइजीपी सर्बेन्द्र खनाल, नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष प्रमिला खनाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी केदार रिजालले संयुक्त रुपमा दोसल्ला तथा अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए । त्यसैगरि, आसरा निर्माण गर्नको महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै तत्कालिन इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जय सिं थापा, भवन निर्माण गर्ने क्रममा कामको रेखदेख राम्रो गरेको भन्दै प्रहरी सहायक निरिक्षक गणेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

IMG_2567