धरान: सडक दुर्घटना न्युनीकरणमा मद्दत पुर्याउने उद्देश्यले सनराइज बैंक धरान शाखाले सचेतनामुलक पर्चा, पम्प्लेट र ब्रोसरसँगै टाइम कार्ड पनि ट्राफिक प्रहरीलाई प्रदान गरेको छ ।

बैंकले आइतबार धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम आयोजना गरी सचेतनामुलक सामग्री हस्तान्तरण गरेको हो । बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौला र धरान शाखा प्रमुख बारबरिक पोखरेलले संयुक्तरुपमा ती ट्राफिक सचेतनामुलक सामग्री प्रदान गरेका थिए । ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्युनीकरणको लागि आवश्यक सामग्री सहयोगको आग्रह गरेपछि बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको धरान शाखा प्रमुख पोखरेलले बताए ।

शाखा प्रमुख पोखरेलका अनुसार कुल १७ हजार ३ सय प्रति ट्राफिक प्रहरीलाई सहयोग हस्तान्तरण गरिएको छ । ती मध्ये १३ सय टाइम कार्ड छन् भने १६ हजार पर्चा, पम्प्लेट र ब्रोसर छन् । ती सामग्रीहरु कुल २५ हजार बराबरको भएको पोखरेलले जानकारी दिए । ‘सामाजिक उत्तरदायित्वअन्र्तगत यो सहयोग गरिएको हो,आज जिल्ला ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्यौ,’पोखरेलले भने ।