धरान : धरानका एक युवक इटहरीबाट धरान आउँदै गर्दा अवैध लागुऔषध सहित पक्राउ परेको छ । 

अवैध लागुऔषधसहित पक्राउ पर्ने धरान ८ का २० वर्षीय नविन नेपाली रहेको छ । इटहरीबाट धरान आउँदै गरेको को ८ पं ७७२ नं. को स्कुटरमा सवार नेपालीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान ८ स्थित चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो । उनको साथबाट अवैध लागु औषध स्पास्मो प्रोक्सिभन प्लस ५५ क्याप्सुल बरामद गरेको हो । नेपालीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।