धरान(डेस्क) : झापाको अर्जुनधारा नगरपालिका ९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् ।
शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ वर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ वर्षीया बुहारी सपना दाहाल बिच घरायसी विषयमा वादविवाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार गरेका थिए ।
खुकरी प्रहारबाट गम्भीर घाईते भएकी बुहारीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको छ भने ससुरा खड्ग बहादुर दाहाललाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।