एजेन्सी: भारत उत्तर प्रदेशका एक व्यक्तिले त्रान्त्रिकसँग यौन सम्बन्ध नराखेको भन्दै आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

मानपाल सिंह नाम गरेका ३५ वर्षे युवकले रजनी नाम गरेकी आफ्नी श्रीमतिलाई गंगामा डुबाएर बुधबार हत्या गरेको प्रहरीले जनाएको छ । उनको शव गोताखोरको मद्दतले बिहीबार निकालिएको थियो । सन्तदास झारखण्डी नामका तान्त्रिकले ‘तेरी श्रीमतिले मसँग यौनसम्पर्क गरे तिमीहरुको परिवार धनी हुन्छ’ भनी मानपाललाई अन्धविश्वासका जगाएका थिए । तर श्रीमति तयार नभएपछि मानपालले उनको हत्या गरेका हुन् ।

मानपाल र रजनीको ९ वर्षअघि विवाह भएको थियो । तान्त्रिकको सम्पर्कमा आएपछि मानपालले लागुऔषध लिन सुरु गरेका थिए । प्रहरीका अनुसार अभियुक्त मानपाल राम्रो पौडीबाज थिए, उनले कसैले थाहा नपाओस् भनेर श्रीमतिलाई नदीको बीचमा लगेर डुबाएका थिए । प्रहरीका अनुसार बुधबार आफूलाई भेट्न आएका दाजु राजेश सिंहसँग रजनीले बताएकी थिइन् कि, उनका श्रीमानले त्रान्तिकसँग जबरजस्ती यौन सम्पर्क राख्न दबाव दिइरहेका छन् । सिंहले आफ्ना ज्वाईलाई तान्त्रिकबाट पर रहन र डेरा सार्न सल्लाह दिएको कुरा प्रहरीसमक्ष बताएका छन् ।

एसएसपी आकाश कुल्हारीका अनुसार दुवै अभियुक्तलाई २४ घण्टाभित्रै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । उनका अनुसार तान्त्रिक लागूऔषध दुर्व्यसनी थिए, उनलाई यसअघि पनि ७ सय ग्राम हेरोइनसहित मथुरा प्रहरीले पक्राउ गरेको थियो ।