धरान: ८ औ त्रिवि दिवसको अवसर पारेर धरान १४ स्थित केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसारले बुधबार बृक्षा रोपण गरेको छ ।

क्याम्पस परिसरमा दुई सय वटा बिरुवाहरु पहिलो चरणमा रोपेको सहायक क्याम्पस प्रमुख एवं सह प्राध्यापक डा. दिल कुमार लिम्बुले जानकारी दिए । दोश्रो तथा तेश्रो चरण अन्तर्गत पुनः चार र चार सय बिरुवा रोप्ने उनले जानकारी दिए । प्रा.पशुपति मिश्राले बिरुवा रोपेर त्यतिकै नछोड्न आग्रह गर्दै संरक्षणमा पनि विशेष ध्यान दिनु पर्ने बताए । साथै उनले क्याम्पस आफै सक्षम भएको पनि उनले बताए ।

क्याम्पसमा रहेका खाली जग्गाहरुलाई सदुपयोग गर्दै आगामी दिनहरुमा विभिन्न फलफुल तथा वनजन्य उत्पादनहरुबाट क्याम्पसलाई आर्थिक तथा वातावरणीय क्षेत्रमासमेत सवल बनाउन सो कार्य गरिएको क्याम्पस प्रमुख प्रा.डा. धन बहादुर कार्कीले बताए । 'हामी बृहत् बृक्षारोपण योजना बनाउदै छौ, बोट बिरुवा संरक्षणकै लागि एक जना कर्मचारी करारमा नियुक्ति गरेका छौ,'उनले भने ।

brikxa-ropannn4

बृक्षारोपण कार्यक्रम सकारात्मक र वातावरण मैत्री भएको कर्मचारी संघका सभापति टंक कार्कीले बताए । क्याम्पसको बिकाशमा कर्मचारीको पनि महत्वपूर्ण योगदान रहेको उनले स्मरण गरे । वि.टेक. तेस्रो बर्षका विद्यार्थी आदर्श पौडेलले पनि क्याम्पसले यसरी नै पर्यावरणको ख्याल राख्दै अघि बढ्नु पर्ने प्रतिक्रिया दिए । क्याम्पसले भेडेटारदेखि केही दक्षिण भोर्लेनीमा बाह्र कठा भन्दा बढी जग्गा खरिद गरेको छ। सो क्षेत्रमा क्याम्पसले तीन सय वटा टिक प्रजातिका बिरुमा बिगत १ बर्ष अघि नै रोपेको थियो ।

गत जेष्ठमा क्याम्पसले सो बिरुवाहरु गोडमेल गरेको थियो । क्याम्पसले अब केही समय पछि चिया, कफि र च्याउ उत्पादन गर्ने तयारीमा रहेको क्याम्पस प्रमुख प्रा.डा. कार्की बताउँछन् । चिया टिप्न योग्य भएको र कफी समेत प्रशस्त मात्रामा फलिरहेको उनले बताए । चिया र कफिको लागि उत्तम जमिन रहेको समेत क्याम्पस प्रमुख बताउछन् । च्याउको पाइलट प्रोडक्सन भइ रहेको र यसलाइ पछि धेरै मात्रामा उत्पादन गर्ने योजना रहेको समेत उनले थपे ।

तस्बिर: धिरेन लिम्बू

brikxxx