धरान: स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईको तेह्रौ दिनको पुष्य तिथिमा आज साँझ धरानको भानुचोकमा श्रद्धाञ्जली सभासँगै दिप प्रज्वलन गरिएको छ ।

आज तत्कालीन ध्यानबहदुर बचाउ अभियानको पहलमा नागरिकस्तरबाट श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरिएको हो । सार्वजनिक श्रद्धाञ्जली सभामा धरानमा रहेका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक तथाा बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । त्यसअघि, समाजवादी पार्टी धरान उपमहानगर समितिको आयोजनामा किरात राई याायोक्खाको भवनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई भावविह्वल भएका थिए ।

स्वर्गीय राईलाई स्मरण गर्दै नेता राई बोल्दा बोल्दै भावविह्वल भएर बोल्न रोकिए । निक्कैबेर हलमा सन्नटा छाएको थियो । नेता राईले उत्साह र आत्मबल बढीरहेको बेला पुर्वमेयर राईको निधनले अपुरणीय क्षति भएको बताए । स्वर्गी राईबारे वृत्तचित्रको तयारी भइरहेको जानकारी दिदै स्क्रिप्ट लेखनको काम पनि जिम्मा दिइसकेको बताए ।

dhyan

सभामा केन्द्रिय सचिव पर्शुराम बस्नेतले स्वर्गीय राई पहिचान, संघीयता र लोकतन्त्रबारे निष्ठावान व्यक्ति भएको स्मरण गरे । समाजसेवी नरप्रसाद लुङ्फुङ्बाले ध्यानबहादुरको चिर स्मरण गर्नका लागि प्रतिष्ठान स्थापना गर्न सुझाव दिए । समाजवादी पार्टी धरानका अध्यक्ष ताजुप लिम्बुले स्वर्गीय नेता राईको पार्थिब शरिरलाई धरानमा श्रद्धाञ्जली ल्याउन नसकेकोमा दुःख प्रकट गरे । उनले नेता राईको चिर स्मरणको लागि समाजवादी धरान उपमहानगर समितिको बन्ने तयारी रहेको कार्यालय भवनको नाम ध्यानबहादुर स्मृति भवन राखेर योगदानको कदर गर्ने बताए।

dhyan-sir1