इटहरी : इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कोरोना भाइरस सन्त्रासको कारण देखाउदै वजारमा कालोवजारी,मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइए उपमहानगरमा खवर गर्न आग्रह गरेका छन् ।

उपमहानगर उपभोक्ता हित संरक्षण समितिको संयोजक गौतमले विश्व उपभोक्ता अधिकार दिवसको शुभकामना ब्यक्त गर्दै उपमहानगरवासीमा त्यस्तो आग्रह गरेकी हुन् । उपप्रमुखले बजार मूल्य भन्दा बढी मा बिक्रीवितरण गरेको पाइएमा, सामान लुकाइ कृतिम अभाब गरेको पाइएमा तुरुन्तै इटहरी उपमहानगरपालिका उपभोक्ता शाखा, उपप्रमुखको सचिबालय वा वडा कार्यालयहरुमा खवर गर्न आग्रह गरेका छन् ।

उपमहानगरले तत्कालै वजार अनुगमनगरी अनियमितिता गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएकी छिन् । उपमहानगरले अनलाइन उजुरीको समेत ब्यवस्था गरेको छ । उपभोक्ताको हितमा महिनाको दुई पटक सम्म वजार अनुगमन हुने गरेको छ ।

केहि दिन अघि उपमेयर गौतमको नेतृत्वमा वजारमा ग्याँस डिलर र औषधी पसलहरुमा आकस्मिक अनुगमन गरिएको थियो । वढि मूल्य लिएर ग्याँस विक्री गरेको उजुरीका आधारमा एउटा ग्याँस डिलरमा सिल समेत गरेर कारवाहीको दायरमा ल्याइएको थियो ।