धरान : नेवार समुदायको सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिने भन्दै नेवार एकता समाज धरानको अध्यक्षमा सुरेन्द्रमान स्थापित चयन भएका छन्।
असोज ९ र १० गते धरानमा सम्पन्न समाजको पाँचौँ अधिवेशनले स्थापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
स्थापितको अध्यक्षतामा २२ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हिमाल श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ ९सुन्दरी० र सुमन श्रेष्ठ चयन भएका छन्। महासचिवमा दीपेन्द्र श्रेष्ठ कसजु, सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा दीभा श्रेष्ठ चयन भएका छन्।
वरिष्ठ सदस्यमा हरिकृष्ण श्रेष्ठ र मोहन श्रेष्ठ रहेका छन्। सदस्यहरूमा पुष्पा प्रधान, सुजाता श्रेष्ठ, सोहन ताम्राकार, प्रदीप श्रेष्ठ, दिनेश श्रेष्ठ, अतुल श्रेष्ठ, देवप्रसाद श्रेष्ठ, मोहन श्रेष्ठ, सुवर्ण मोहन पालिखे, उमेश श्रेष्ठ र अर्पण शाक्य श्रेष्ठ चयन भएका छन्।
त्यस्तै, महिला समिति संयोजकमा मञ्जुला श्रेष्ठ र सांस्कृतिक समिति संयोजकमा लीलाबहादुर प्रधान चयन भएका छन्।
समाजका महासचिव दीपेन्द्र कसजुका अनुसार अधिवेशनबाट निर्वाचन प्रक्रियामार्फत १० जना निर्वाचित र १० जना मनोनीत गरी कार्यसमिति गठन गरिएको निर्वाचन सयोजक मनोहर शाक्यले जानकारी दिए ।
महेश श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनमा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा समाजसेवी सरला कायस्थ, नेवार देय दबू समाजका अध्यक्ष नरेशकुमार शाक्यलगायतको उपस्थिति थियो।
अधिवेशनका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। मरणोपरान्त स्वर्गीय सुब्बा रत्नप्रसाद श्रेष्ठ, समाजसेवी गोकुलप्रसाद श्रेष्ठ,व्यवसायी तथा समाजसेवी धम्मकुमारी श्रेष्ठ पूर्ण मास्के र अभिभावक समाजसेवी नीलकुमारी स्थापितलाई सम्मान गरिएको आयोजकले जनाएको छ।