धरान : धरानका निवर्तमान नगर प्रमुख हाल प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ (हर्कराज) की जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको मुद्दामा सुनसरी जिल्ला अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ ।
दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिराद पत्रमा न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको हो । फैसलामा हर्क साम्पाङ को दाजुभाइ सहित सगोल सम्पत्ति पाँच अंशियार कायम गरी एक अंश जेठी पत्नी दिलमाया राईलाई छुटाउनुपर्ने ठहर गरेको छ । 
अदालतद्वारा सम्पत्ति पाँच भाग लगाएर हर्क साम्पाङ को भागमा पर्ने एक हिस्सालाई हर्क साम्पाङ, दिलमाया र छोरी एलिसाबीच ३ भाग लगाएर दिलमायालाई त्यसको एक भाग अंश दिनुपर्ने ठहर गरेको छ ।
अदालतले नाता, पुस्तावली तथा पेश भएका प्रमाणहरू अध्ययन गरी हर्कराज राई,उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसमाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राई गरी पाँच अंशियार कायम गरिएको फैसलामा उल्लेख छ ।  
दिलमायाको फिराद पत्रमा वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झैँ–झगडा र कुटपिट हुने गरेको फिराद गरेकी छन् । हर्कराजले परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोप लगाएकी छन् । पटक–पटक इलाका प्रहरी कार्यालयमा उजुरी भए पनि छोरीको अनुहार हेरेर पति–पत्नी मिलेर बसेको उनको दाबी छ।
आफू विदेशबाट फर्किएपछि पनि हर्क साम्पाङले त्यस्तै सम्बन्ध कायम राखेको र उल्टै आफूलाई कुटपिट गरी ज्यानै जाने अवस्था सिर्जना गरेको दिलमायाको फिरादमा उल्लेख गरेकी छ । पुनः प्रहरीमा रिपोर्ट गरेपछि हर्कराजले ‘के गर्नु पर्छ गर, कहाँ जानु पर्छ जा, तँलाई घरमा बस्न दिन्न, खान लाउन पनि दिन्न’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको उनले फिराद गरेकी छन् । 
दिलमायाले हर्क सम्पाङसंग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट १७ वर्षकी छोरी एलिसा राई रहेको बताएकी छन् । आफूहरूबिच कानुन बमोजिम अंशबन्डा नभएको र अंशबन्डा गर्नुपर्ने सम्पत्ति विपक्षीहरूकै नाममा रहेको भन्दै उनले अंश माग गरेकी मुद्दामा जिल्ला अदालतले फैसला गरेको हो ।
दिलमायाले विपक्षीहरूको सम्पूर्ण सम्पत्तिलाई चार भाग लगाई पतिको एक भागबाट आफू,पति हर्कराज र छोरी एलिसाबीच पुनः तीन भाग लगाएर त्यसको एक भाग आफूले पाउनुपर्ने माग गरेकी थिइन ।
अदालती फैसलाको विवरण:
11
1234
12345