इटहरी : एनएमबी बैङ्क इटहरी शाखाले ५ अपाङ्ग बालबालिकाको निःशुल्क अपरेसनमा सहयोग गर्ने भएको छ ।
शुक्रवार अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रसँगको सहकार्यमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको बैङ्कले थप सहयोग गर्ने भएको हो ।
इटहरी-१६ स्थित पुनर्स्थापना केन्द्रमा परीक्षणको क्रममा बालबालिकाको अङ्ग प्रत्यारोपण गर्नुपर्ने देखिएको हो । इटहरी उपमहानगरपालिकाको संयोजकत्वमा भएको शिविरमा बाल रोग तथा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूले परीक्षण गरेका थिए ।
एनएमबी बैङ्क इटहरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको प्रतिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको शाखा प्रमुख गोविन्द घिमिरेले बताए ।
कमजोर र गरिब बालबालिकाको जीवनमा बैङ्कको सेवालाई पुर्याउने उद्देश्य राखिएको उनको भनाइ छ ।









































































