धरान : धरान उपमहानपालिकाले गुट्खामा कालो बजारी गरेको भन्दै कारबाही गरेको छ ।

धरानको वडा नं १२ मा गीता मन्दिर लाइनमा विजय साहको  पसलमा धरान उपमहानगरपालिकाले अनुगमनको क्रममा पचास रुपैयाँ बजार मूल्य रहेको गुट्खा (रजनीगन्धा ) लाई ९० रुपैयाँमा बेचेको भन्दै कारबाही गरेको हो ।

मङगबार उपमहानगरको अनुगमन समितिले अनुगमन गर्ने क्रममा  साहको पसलमा ५० पर्ने गुट्खा ९० मा बिक्री भइरहेको थियो । सो सम्बन्धमा स्पष्टीकरण दिन साहलाई नगरपालिकामा बोलाएर बुधवार महँगो मूल्यमा खाद्य सामग्री बिक्री गरेको लगायतको उजुरीमा ५ हजार जरिवाना गराएको हो ।

धरान उपमहानगरपालिका अनुगमन समितिकी संयोजक उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा बसेको बैठकमा ५ हजार जरिवाना तिराइको हो । उपमेयर भण्डारीले वडा कार्यालयमा बढी मूल्यमा खाद्यान्न बिक्री गरेको उजुरी परेको वडाध्यक्षले जानकारी गराएपछि साहको पसलमा अनुगमन गरेको बताइन् ।