इटहरी : जापानस्थित चियोदा इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमीका प्राध्यापक ओहाता रियोनलाई इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ। नेपाल भ्रमणमा रहेका प्राध्यापक रियोनसँगै अनुपा खवासलाई पनि कन्सल्टेन्सीमा स्वागत गरिएको हो।

भरोसा एजुकेसनका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता भेटघाट तथा सहकार्य महत्त्वपूर्ण रहेको बताए।

जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई जापानी भाषा, उच्च शिक्षा तथा रोजगारीका अवसरबारे परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको भरोसा एजुकेसनले जापानी शैक्षिक संस्थासँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

प्राध्यापक रियोनसँगको भेटघाटले जापानको शिक्षा प्रणाली, भाषा अध्ययन तथा विद्यार्थीका लागि उपलब्ध शैक्षिक अवसरबारे थप जानकारी लिन सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाल भ्रमणका क्रममा भएको भेटले चियोदा इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमी र भरोसा एजुकेसनबिचको शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।